बागलुङ । पर्वत मल्लाज पोखरा सम्पर्क समाजको दशौं साधारणसभा तथा तेस्रो अधिवेशन शुक्रवार सम्पन्न भएको छ । अधिवेशनबाट समाजको अध्यक्षमा हुमा क्षेत्री सर्वसम्मत चयन हुनु भएको छ । समितिको उपाध्यक्षमा बमबहादुर मल्ल, सचिवमा यामबहादुर जि.सी, सहसचिव बिष्णु जि.सी, कोषाध्यक्षमा राजेन्द्र खत्री, चयन हुनु भएको छ । समितिका सदस्यहरुमा ओम बहादुर जिसी, ख्याम बहादुर खत्री, भगवती जिसी, प्रेम सापकोटा, शिव बहादुर खत्री, पूर्ण कुमारी मल्ल रहनु भएको छ ।
मल्लाजबाट पोखरामा गएर स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने मल्लाजीहरुको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने उद्देश्यका साथ समाज गठन गरिएको थियो । पोखरामा रहदा बस्दा आइपर्ने विभिन्न समस्यामा सहजीकरण गर्नुका साथै समाजमा आवद्ध सदस्यहरुको क्षमता विकास, नेतृत्व विकास र सामाजिक कार्यमा उत्प्रेरित गर्ने लक्ष्य लिइएको छ ।
कार्यक्रम समाजका अध्यक्ष क्षेत्र बहादुर केसीको अध्यक्षता, उपाध्यक्ष हुमा क्षेत्रीको स्वागत र सचिव आनन्द अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।