बागलुङ । ‘बाबुराम–सरस्वती बज्राचार्य स्मृति सम्मान बागलुङका गायक तथा सर्जक श्रीकृष्णबम मल्ललाई समर्पण गरिएको छ । बागलुङमा आयोजित एक समारोहमा मल्ललाई नगदसहित सम्मान गरिएको हो । मल्ललाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नगद रु. २५ हजार दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
बागलुङको गलकोटमा जन्मिनुभएका मल्ल लामो समयदेखि गीतसंगीत क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । बाबुराम–सरस्वती बज्राचार्य स्मृतिकोषका अध्यक्ष काजी रोशनले मल्लको गीत तथा संगितमा खेलेको योगदानस्वरुप सम्मान गरिएको बताउनुभयो । गृहजिल्लाले गीत संगितको मायासंगै प्रदान गरेको सम्माने गौरवको अनुभूति भएको बताउनुभयो ।
उहाँले पुरस्कारले आफुलाई गीतसंगीतमा अझै लागिरहन उत्प्रेणा थपेको बताउनुभयो । कार्यक्रममा मल्लले आफ्ना ‘पारिपारि आएका ढाका टोपी लाएका,’ हालै सार्वजनिक भएको चलचित्र मितज्युमा समावेश भएको ‘गैराघरे काँइली’ लगाएतका गीत समेत सुनाउनुभएको थियो ।
सम्मानित व्यक्तिको परिचय काजी गाउँले श्रेष्ठले दिनुभएको थियो । कोषका अध्यक्ष काजी रोशनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा.कृष्णबहादुर श्रेष्ठ, साहित्यकार प्रेम छोटा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कोषका सस्थापक राजन शाक्यको स्वागत, विकास शाक्यले धन्यबाद व्यक्त गरेको कार्यक्रमको संचालन कोषका सचिव ईश्वर बज्राचार्यले गर्नुभएको थियो ।
कलाकार बाबुराम बज्राचार्य र उनकी धर्मपत्नी सरस्वती बज्रचार्यको स्मृतिमा उनका परिवारजनले विसं २०६६ मा स्मृति कोष स्थापना गरेका थिए ।