• २०८३ मंसिर ३, बुधबार
  • 2026 November 18, Wednesday

महिला उद्यमी विकास समितिको अध्यक्षमा जि सी

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी विकास समितिको २२ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनबाट पिङ्गला जि।सी। सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनु भएको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा जुनु श्रेष्ठ जिसी, वाणिज्य उपाध्यक्षमा विष्णु कुमारी शर्मा, महासचिवमा रमा देवी शाक्य, सचिवमा शोभा शर्मा, कोषाध्यक्षमा सरिता पौडेल, सह–सचिवमा मेनुका शाक्य तथा सह–कोषाध्यक्षमा यमुना रेग्मी चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यहरूमा मिला राजभण्डारी, लक्ष्मी घर्ती श्रेष्ठ, सुनयना राजभण्डारी, नारायणदेवी राजभण्डारी, गीता देवी शर्मा, साधना राजभण्डारी, सिता देवी दाहाल, इन्दु वझा, विमला कुमारी मल्ल, धन कुमारी सुनार र गीता खड्का रहनु भएको छ ।

अधिवेशनले गणदेवी श्रेष्ठ, जाल्पा देवी शर्मा र बिना जिसीलाई आमन्त्रित सदस्य चयन गरेको छ । समितिको सल्लाहकारमा मनमाया श्रेष्ठ, सम्झना शर्मा कँडेल, उषा पौडेल, निर्मला श्रेष्ठ, रेणु के सी हमाल, लक्ष्मी पौडेल खत्री पन्त तथा सिता राजभण्डारी चयन हुनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष पिङ्गला जिसीले महिला उद्यमीहरूको क्षमता विकास, उद्यमशीलताको प्रवद्र्धन, व्यवसाय विस्तार तथा महिला उद्यमीबीच आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले बागलुङका महिला उद्यमीहरूको हकहित संरक्षण गर्दै उद्यमशील वातावरण निर्माणका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

निर्वतमान अध्यक्ष अर्चना कुमारी पालिखेको नेतृत्व सफलतापूर्वक सम्पन्न गर्दै नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको समितिले जनाएको छ ।