बागलुङ । बागलुङबाट सञ्चालित आदर्श सञ्चार डटकमका सम्पादक खेमराज गौतम ‘सुवास’लाई यस वर्षको ‘आर्थिक खोजमुलक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । बागलुङ उद्योग वाणिज्य संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको आर्थिक खोजमूलक पत्रकारिता पुरस्कार बागलुङ वाणिज्य संघको ६२ औं वार्षिक साधारणसभाको अवसरमा शनिवार प्रदान गरिएको हो ।
गौतम पत्रकार महासंघका कोषाध्यक्ष तथा राससका बागलुङ समाचारदाता समेत हुनुहुन्छ । संघले स्थापना गरेको अक्षयकोषको ब्याजबाट उक्त पुरस्कार प्रदान गरिदै आइएको छ । गौतमलाई नगद रु. १० हजार, सम्मान पत्रसहित पुरस्कृत गरिएको हो ।
आर्थिक पत्रकारितामार्फत उद्योग, व्यापार तथा उद्यमशीलताको प्रवद्र्धनमा योगदान पु¥याउने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार कोष स्थापना गरिएको संघले जनाएको छ ।
संघको साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य तथा महासचिव इन्द्रमणि पौडेल ‘अर्जुन’ ले गौतमलाई नगद, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
पुरस्कारबाट यस अघि बागलुङका सक्रिय पत्रकारहरु मुकेशचन्द्र राजभण्डारी, राम थापा, सुवास आचार्य र नारायण रिजाल पुरस्कृत भइसक्नुभएको छ ।