• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

बागलुङमा सडकबाटै ग्यास वितरण

  • २०८३ श्रावण २२, शुक्रबार

बागलुङ । बागलुङमा ग्यासको कालोबजारी रोक्न ग्यास बिक्रेतालेनै सक्रियता देखाएका छन् । ग्यासको अभाव भएपछि शुक्रबारदेखि बिक्रेताले सडकबाटै ग्यास वितरण गर्न थालेका छन् । ग्यास बितरणलाई पादरर्शी बनाउन सडकबाट उपभोक्तालाई ग्यास वितरण गर्न थालेका हुन् ।

ग्यासको आपूर्तीका लागि जिल्ला प्रशासनले सहजीकरण गरेर बागलुङमा सोमबारबाट ग्यासको आपूर्ती भएपनि कालाबजारी गरेको पाइएपछि शुक्रबार बिहानैदेखि सडकबाट ग्यास वितरण थालिएको हो ।

शुक्रबार बागलुङमा ९०० ग्यास भित्रिएकोमा ३०० गलकोट, १०० बागलुङको बलेवा र ५०० बागलुङमा वितरण गरिएको छ ।

पछिल्लो एक हप्तामा बागलुङमा दुई हजार ६०० ग्यास सिलिण्डर भित्रदासमेत ग्यासको अभाव भएपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन समेत तिब्र बनाइएको छ भने ग्यासमा कालोबजारी गरेको आरोपमा एक चालकलाई ग्यास सहित नियन्त्रणमा लियएको छ । गोदामबाट ग्यास बिक्री गर्दा ग्यास लुकाउन सक्ने आशंकामा ग्यास डिलर आफैले सडकबाट ग्यास बितरण थालेको ग्यास बिक्रेता बागलुङका सचिव राजु गौतमले जानकारी दिनुभयो ।

ग्यासको बिक्री मुल्य भन्दा बढीमा ग्यास बिक्री गरेको आरोप लागेपछि ग्यास व्यवसायीहरु शुक्रबार समिक्षलयचोकबाट ग्यास बिक्री गरेका हुन् । एकजुट भएर गोदाममा ग्यास नराखी बिक्री गर्न थालेका हुन् । सोमबारदेखि भरी सिलिण्डर ग्यास भित्रिन थालेपछि कालोबजारी बढेको, ग्यासको मुल्य बढी लिएको लगायतका विषय बाहिर आएपछि प्रशासनले अनुगमनमा कडाई गरेको छ भने ग्यास वितरणमा पारदर्शी विधि अपनाइएको छ ।

पुरा सिलिण्डर ग्यास भित्रिएपछि डिपोले स्टक राखेर अनुचित लाभ लिन सक्ने भन्दै डिपोको गोदाम तथा संभावित स्थानमा अनुगमन गरिएको हो । स्टक लुकाउने, धेरै मूल्यमा बिक्री गर्ने तथा कृत्रिम अभाव खडा गर्नेजस्ता अनुचित प्रश्न उठेपछि सडकबाटै ग्यास वितरण थालिएको हो । शुक्रबार पाँच सय सिलिण्डर गृहलक्ष्मी ग्यास भित्रिएपछि उपभोक्ताले सोझै लाईनमा बसेर ग्यास लगेका छन् । ग्यासको आपूर्ती नियमित भइरहेकाले समस्याको समाधान केही दिनमै हुने अपेक्षा गरिएको छ ।

  • २०८३ श्रावण २२, शुक्रबार