बागलुङ । रासायनिक मल (युरिया)मा कालोबजारी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मलमा भइरहेको अभाव छोपी साल्ट टेड्रिङ कोर्पोरेशन मार्फत बागलुङमा आएको युरिया मल कालोबजारी गरी पुनः पर्सा पठाइएको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो ।
रासायनिक मल (युरिया)को अवैध रूपमा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले विशेष अनुसन्धान गरी कालोबजारीमा सम्लग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बागलुङ बजारको धौलागिरि बिउ भण्डार तथा कालिगण्डकी एग्रोभेट पसलबाट रात्री बसमार्फत पर्सा, वीरगञ्जतर्फ रासायनिक मल अवैध रूपमा ओसारपसार भएकाले सम्लग्नलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
मलको कालोबजारी गर्नेको अनुसन्धानका क्रममा पर्साको छिपहरमाई गाउँपालिका–६ स्थायी घर भई हाल बागलुङ नगरपालिका–१ रामरेखामा बस्दै आएका ५३ वर्षीय दिनेश पण्डित कुमारले बागलुङ नगरपालिका–२ स्थित कुलबहादुर राना मगरले सञ्चालन गरेको धौलागिरि बिउ भण्डार र विनय शाक्यले सञ्चालन गरेको कालिगण्डकी एग्रोभेट पसलबाट युरिया मल खरिद गरी बिरगन्ज पठाउने गरेको रहस्य खुलेको छ ।
पण्डीत कुमारले पटक÷पटक विभिन्न मितिमा गरी ५० केजी तौल भएको युरिया मल १९ बोरा खरिद गरी पर्सा, वीरगञ्ज पठाएको बयान दिएका छन् । मलको अबैद्य कारोवारमा सम्लग्न दिनेश पण्डित कुमार, पसल सञ्चालक विनय शाक्य र धौलागिरि बिउ भण्डार सञ्चालक कुलबहादुर राना मगरलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयको अनुमतीमा अनुसन्धान अघि बढाइएको प्रहरी उपरिक्षक प्रसाईले जानकारी दिनुभयो ।
“मलको निश्चित मापदण्ड र कोटा हुन्छ, यहाँका किसानले मल नपाउने तर मल पुन बिरगन्जनै पुग्ने कुरा नितान्त कालोबजारी हो” प्रहरी उपरिक्षक प्रसाईले भन्नुभयो “मापदण्ड अनुसार जिल्लाका किसानलाई बिक्री गर्नुपर्ने मल लाभका लागि बिरगन्ज पठाएको हुनसक्छ, अनुसन्धान जारी छ, कालोबजारीमा उहाँहरुलाई अनुसन्धान गरी कार्वाही गर्दछौ ।”
पण्डीत कुमारले बागलुङ बजारबाट रासायनिक मल वीरगञ्ज पु¥याउने गरेको खुलेको हो । घटनामा कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन बमोजिम अनुसन्धान भइरहेको छ । साथी अन्य बिउ तथा मल पसलहरूबाट समेत बिक्रि वितरणको अभिलेख माग्ने काम भइरहेको छ ।
मलको अभावको मौकी छोपी कृषकका लागि अनुदानमा उपलब्ध हुने रासायनिक मलको अवैध ओसारपसार तथा कालोबजारी रोक्न प्रशासन र प्रहरीले निगरानी बढाएको जनाइएको छ ।