• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

श्रम संस्कृति पार्टीको बागलुङको संयोजकमा घर्ती

बागलुङ । श्रम संस्कृति पार्टीले बागलुङको संयोजकमा लाल बहादुर घर्ती चयन हुनुभएको छ । बागलुङ जिल्लामा आज आयोजना गरिएको भेलाले तदर्थ समितिको संयोजकमा घर्तीलाई चयन गरेको हो ।

श्रम संस्कृति पार्टीका केन्द्रिय महासचिव तथा सांसद आर्यन राईको उपस्थितिमा बागलुङको बडिगाड गाउँपालिका–२, डुडेवाचौरमा शुक्रबार आयोजित भेलाले लालबहादुर घर्ती मगरको संयोजकत्वमा २५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको हो ।

नवगठित तदर्थ समितिको उपसंयोजकमा मुकेश रोका मगर, सचिवमा अमृत पुन मगर, सहसचिवमा माया गुरुङ र मानबहादुर छन्त्याल तथा कोषाध्यक्षमा कृष्ण पुन चयन हुनुभएको छ । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पार्टीका महासचिव आर्यन राईले श्रम संस्कृति पार्टी देश निर्माणको उद्देश्यसहित अघि बढेको राजनीतिक शक्ति भएको दाबी बताउनुभयो । उहाँले किसान, मजदुर, निमुखाको समृद्धिका लागि पार्टी स्थापना गरेको बताउनुभयो । उहाँले देश समृद्ध र सुन्दर बनेको हेर्न चाहने सबै नागरिकको साझा पार्टीका रूपमा श्रम संस्कृति पार्टीलाई स्थापित गर्ने लक्ष्य रहेको सुनाउनुभयो ।

राईले श्रम संस्कृति पार्टीले भ्रष्टाचार, ठगी तथा राष्ट्रहितविपरीतका गतिविधिमा संलग्न नभएको दाबी गर्दै देश निर्माणमा योगदान गर्न चाहने सबै नेपालीलाई पार्टीमा आबद्ध हुन आग्रह गर्नुभयो ।

उहाँले देशको विद्यमान अवस्था परिवर्तन गर्न ‘हर्कवाद’ नै अन्तिम विकल्प भएको दाबी गर्दै हर्क साम्पाङले अघि सारेको अभियान र बाटोमा साथ दिन सबैलाई आग्रह आग्रह गर्दै देश निर्माणका लागि नागरिकहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने जोड दिनुभयो । श्रम संस्कृति पार्टी गण्डकी प्रदेश संयोजक सिंहबहादुर गुरुङको अध्यक्षतामा भेला आयोजना गरिएको थियो ।