पर्वत। पर्वतको मोदी गाउँपालिकाले बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग जम्मा गरेको छ ।
गाउँपालिकाले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, धादिङ, नुवाकोट, गोर्खा, चितवनका विभिन्न जिल्लामा भएको ठूलो जनधनको क्षति प्रति दुख व्यक्त गरेको छ ।
घाइतको उपचार, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई सहयोग गर्नका लागि मोदी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको तर्फबाट सात दिन बराबरको तलव भत्ताबापतको एकमुष्ट १० लाख रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिनुभयो ।
