बागलुङ । बागलुङका सक्रिय महिला पत्रकार सिर्जना पन्तलाई जिल्लाकै सर्वाधिक पुरस्कार राशीको ‘हेम–चन्द्र स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिएको थियो । आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिकका सम्पादक तथा पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष सिर्जना पन्तलाई रु. ५० हजार राशीको पुरस्कार प्रदान गरिएको छ
नेपाल पत्रकार महासंघ बागलुङ शाखामा बागलुङ बजार निवासी अधिवक्ता राम शर्मा, तारादेवि, गितादेवि, कालिका र मन्दिरा शर्माको परिवारले बुबा चन्द्रदक्त शर्मा र आमा हेम कुमारी शर्माको सम्झानामा स्थापना गरिएको हेम–चन्द्र स्मृति पुरस्कार–२०८३ बाट नगद रु. ५० हजार, दोसल्ला र प्रमाण पत्र सहित पत्रकार पन्तलाई कोषका संस्थापकहरु तथा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सिर्जना पन्तले पत्रकारिता क्षेत्रमा थुप्रै सिर्जना गरिरहेको बताउदै पुरस्कारले पत्रकारिता क्षेत्रमा निडर र सशक्त भएर अगाढी बड्न उत्प्रेरण मिल्ने बताउनुभयो । पत्रकारिता क्षेत्रमा सक्रिय रहदै मानव अधिकार सम्बन्धी कलम समेच चलाउदै आउनुभएको पन्तलाई उक्त पुरस्कार प्रदान गरिएको हो । आगमी दिनमा वार्षिक एक जना मानव अधिकार र जनजीविकाको मुद्दामा कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गरिदै जाने छ । मानव अधिकारको क्षेत्रमा निरन्तर कलम चलाउँदै पत्रकारितामार्फत योगदान पु¥याएको भन्दै पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष दिल शिरिषको नेतृत्वमा गठित छनोट समितिले पन्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । रु दुई लाख ५० हजारको कोषबाट पहिलोपटक पुरस्कार प्रदान गरिएको थियो । कोषलाई बढाएर रु. ५ लाख पु¥याउने संस्थापकहरुले निर्णय गरेका छन् ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, नेपाल बार एसोसिएसन उच्च अदालत बार इकाइ बागलुङका अध्यक्ष गीता श्रीष, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी, पुरस्कार कोषकी संरक्षक मन्दिरा शर्मा तथा सम्मानित व्यक्तित्व सृजना पन्तले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पुरस्कृत पत्रकार पन्त नेपाल पत्रकार महासंघ बागलुङ शाखाकी उपाध्यक्ष तथा धौलागिरि जागरण दैनिकको सम्पादक हुनुहुन्छ । उहाँले पत्रकारितामार्फत मानव अधिकार, महिला अधिकार, महिला, जनजाती तथा पीडितका पक्ष र सामाजिक सरोकारका विषयमा निरन्तर कलम चलाउँदै आउनुभएको छ ।
२०६६ सालमा सयपत्री सयपत्री एफएमबाट पत्रकारिता सुरु गर्नुभएको थियो । हाल नेपाल समाचारपत्रमा समेत आबद्ध पन्तले इन्सेक बागलुङ प्रतिनिधिका रूपमा मानव अधिकारका विषयमा समेत कलम चलाउँदै आउनुभएको थियो । उहाँले २०६९ सालदेखि धौलागिरि जागरण दैनिकमा संवाददाताका रूपमा कलम चलाउन थाल्नुभएको थियो । संवाददाता हुँदै सह–सम्पादकको जिम्मेवारी सम्हाल्नुभएका पन्त २०८२ सालदेखि धौलागिरि जागरण दैनिकको सम्पादकका रूपमा कार्यरत हुनुहुन्छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’को अध्यक्षतामा सम्पन्न पुरस्कार समर्पण कार्यक्रमको उपाध्यक्ष सुवास आचार्यले स्वागत र सचिव नारायण रिजालले सञ्चालन गर्नुभएको थियो ।