• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

एआईको चुनौती र अवसरका बीच आजको पत्रकारिता : मन्त्री शेरचन

  • २०८३ भाद्र २४, बुधबार

बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले कृत्रिम बौद्धिकता (एआई) का चुनौती र अवसरका बीच आजको नेपाली पत्रकारिता अघि बढिरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बागलुङ शाखाको २६औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको उद्घाटन गर्दै उहाँले नवीनतम प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा आर्थिक संकटसमेत बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेल, गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्रबहादुर थापा, संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, नेपाली कांग्रेस बागलुङका पूर्वसभापति हरिप्रसाद श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी प्रेस युनियन बागलुङका पूर्वसभापति जगन्नाथ आचार्य, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य, महासंघका पूर्वअध्यक्ष नरेश कँडेल, समाजसेवी कर्ण हमाल तथा प्रेस युनियन पर्वतकी अध्यक्ष विष्णु गौतमले पनि धारणा राख्नुभएको थियो ।

सो अवसरमा ‘प्रेस स्पन्दन प्रेरणा’ पुस्तक लोकार्पण गरिएको थियो । कार्यक्रम प्रेस युनियन बागलुङ शाखाका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता तथा उपाध्यक्ष सुवास आचार्य र सचिव डम्मर बुढामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • २०८३ भाद्र २४, बुधबार