बागलुङ । नेपाल प्रेस युनियन बागलुङ शाखाको अध्यक्षमा पत्रकार सुवास आचार्य सर्वसम्मत चयन हुनुभएको छ ।
नेपाल प्रेस युनियन बागलुङ शाखाको २६औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा उषा पौडेल र छविलाल पाण्डेय, सचिवमा डम्मर बुढामगर, सह–सचिवमा नवराज नेपाली तथा कोषाध्यक्षमा जेनिसा नायर चयन हुनुभएको छ ।
सदस्यमा राजु शर्मा, कुशल कँडेल, सुरेश छन्त्याल, तिलक मल्ल र भूमा तरामी मगर चयन हुनुभएको छ ।
त्यस्तै संघीय महाधिवेशन प्रतिनिधिमा जगन्नाथ आचार्य, ज्ञानेन्द्र गौतम, श्रीधर कँडेल, नरेश कँडेल, नारायण रिजाल, संगम घर्तीमगर, सुवासराज पन्त, कृष्ण आचार्य, शकुन्तला शर्मा र अनिता पन्त चयन हुनुभएको छ । प्रदेश महाधिवेशन प्रतिनिधिमा प्रकाश बराल, धनराज सापकोटा, नारायण पौडेल, गणेश नेपाली, त्रिलोचन रिजाल, मञ्जुल शाक्य, सुमन जिसी, राजेन्द्र ढकाल, संगिता शर्मा, शुसिला शर्मा पन्त र गंगा शर्मा चयन हुनुभएको छ ।