• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

गोरख बहादुर भण्डारी बने जिल्ला भलिबल संघ बागलुङको अध्यक्ष

  • २०८३ आश्विन ६, मंगलवार

बागलुङ । जिल्ला भलिबल संघ बागलुङको अध्यक्षमा गोरख बहादुर भण्डारी चयन भएका छन् ।

सोमबार बागलुङमा सम्पन्न पाँचौ अधिवेशनबाट सर्वसम्मत रुपमा भण्डारी चयन भएका हुन् । संघको उपाध्यक्षमा अर्जुन खड्का, होम थापा, महासचिवमा मन बहादुर पुन, कोषाध्यक्षमा दिलिप थापा चयन भएका छन् ।

सदस्यहरुमा योगश भण्डारी, माया रोका, यमदिप पुन, सुरक्षा जिसी, याम कुमार नेपाली, गोविन्द बहादुर थापा चयन भएका छन् ।

  • २०८३ आश्विन ६, मंगलवार