• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

कांग्रेस निसीखोलाको सभापतिमा खिम कार्की र सचिवमा तारा विश्वकर्मा

  • २०८३ आश्विन ८, बिहीबार

बागलुङ । नेपाली कांग्रेस निसीखोलाको सभापतिमा खिम बहादुर कार्की सर्वसम्मत चयन हुनुभएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न निसीखोला गाउँपालिका अधिवेशनले कार्कीलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट पालिका सभापतिमा निर्वाचित कार्की सहित सम्पूर्ण पदाधिकारी तथा सदस्य सर्वसम्मत भएको हो ।

अधिवेशनले पालिका उपसभापतिमा जीवन कुमार पाण्डे, नरमती पुन,सचिवमा तारा बहादुर विश्वकर्मा र सह–सचिवमा श्याम बहादुर शाही सहित १७ सदस्यीय पालिका समिति चयन चयन भएको नेपाली कांग्रेस प्रदेश सचिव हेम सापकोटाले जानकारी दिनुभयो ।

  • २०८३ आश्विन ८, बिहीबार