• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

कांग्रेस केन्द्रीय सदस्यमा सुजन सापकोटाको उम्मेदवारी घोषणा

  • २०८३ आश्विन १९, सोमबार

काठमाडौं । विद्यार्थी नेता तथा कृषि अभियन्ता सुजन सापकोटाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

बागलुङ क्षेत्र नं १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित सापकोटाले गण्डकी प्रदेशको भूगोलतर्फ उम्मेदवारी दिने भएका हुन् । नेपाल विद्यार्थी संघ नेविसंघ मा सक्रिय सापकोटाले पोखरास्थित पुरञ्चौर कृषि क्याम्पसको सभापति, कृषि तथा वन विज्ञान विश्वविद्यालय समन्वय समितिको नेतृत्व हुँदै संगठनको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।

  • २०८३ आश्विन १९, सोमबार