बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका गाउँपालिका–१, सल्लेरी सामुदायिक वन भित्रको झाडीबाट प्रहरीले ७ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बुधबार बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा सल्लेरी सामुदायिक वनस्थित वनमाराको झाडीभित्र बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको ७ नाले भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचनाअधिकारी प्रहरी नीरिक्षक याम नारायण अर्यालले जानकारी दिनुभयो ।
सूचना अधिकारी अर्यालका अनुसार उक्त बन्दुकहरू बरामद गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ । बन्दुक कसले र कुन प्रयोजनका लागि लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भैरहेको प्रहरी नीरिक्षक अर्यालको भनाई छ ।