• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई ताराखोलाले दियो एक लाख राहत

  • २०८३ आश्विन २२, बिहीबार

बागलुङ । जिल्लाको ताराखोला गाउँपालिकाले बाढी र पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।

गाउँकार्यपालिकाको निर्णय अनुसार मृतकका परिवारलाई एकरएक लाख रुपियाँ राहत उपलब्ध गराएको हो । असोज ८ देखि ११ गतेको बाढी र पहिरोमा परि ताराखोला गाउँपालिकामा ३ जनाको मृत्यु भएको थियो । राहत प्रदान गर्न गाउँपालिका अध्यक्ष,धन बहादुर वि.क(हिमाल) गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजाल, वडाध्यक्षसहितको टोली पीडितको घरमा नै पुगेको थियो ।

गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न अपिलसमेत गरेको छ । बाढी पहिरोबाट घरबास, सडक, विद्यालय भवन, सार्वजनिक भवन, विद्युत् संरचना तथा प्रसारण लाइनमा क्षति पुगेको गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत विमल रिजालले जानकारी दिनुभयो ।

  • २०८३ आश्विन २२, बिहीबार