बागलुङ । गत असोज ११ गते आएको बाढीबाट घर, गोठ तथा पशुपालन फार्म क्षति भएका बागलुङको गलकोटका ११ परिवारलाई गलकोट समाज अमेरिका, न्यूयोर्कले आर्थिक सहयोग गरेको छ ।
बाढीबाट प्रभावित परिवारको पुनःस्थापना तथा दैनिक जीवनयापनमा सहयोग पु¥याउने उद्देश्यले समाजले आर्थिक राहत उपलब्ध गराएको गलकोट नगरपालिका–५ का वडा अध्यक्ष पवन हमालले जानकारी दिनुभयो । हमालले घरमै पुगेर आर्थिक सहयोग प्रदान गरेको बताउनुभयो ।
समाजले प्रभावित १० परिवारलाई प्रतिपरिवार रु. १० हजार ४१६ का दरले सहयोग गरेको छ भने वीरबहादुर सुनारलाई रु. २० हजार ८३२ प्रदान गरिएको हमालले जानकारी दिनुभयो ।
समाजबाट गलकोट नगरपालिका–८ का भोसबहादुर पुलामी, वडा नं. ६ का यमकुमारी सुवेदी, रेशम गिरी र ललित श्रीस, वडा नं. ५ की गुमा कार्की तथा वडा नं. ३ का होम थापाले राहत प्राप्त गरेका छन् ।
त्यसैगरी वीरबहादुर सुनार, गणेश श्रीस, गजिन्द्र श्रीस, अमर काउचा र भीमबहादुर श्रीसले पनि आर्थिक सहयोग प्राप्त गरेका छन् ।
विपद्का कारण घर, गोठ तथा फार्ममा क्षति व्यहोरेका परिवारलाई विदेशमा रहेका गलकोटवासीले सहयोग गरेर दुःखमा साथ दिएको वीर बहादुर सुनारले बताउनुभयो ।