• २०८३ मंसिर १२, शुक्रबार
  • 2026 November 27, Friday

अमर क्षत्री फाउण्डेशनद्वारा बागलुङ र पर्वतका बालबालिकालाई न्यानो कपडा

  • २०८३ मंसिर १२, शुक्रबार

बागलुङ । बागलुङ र पर्वतका ३१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

अमर क्षत्री फाउण्डेशनका अध्यक्ष अमर क्षत्रीले आफ्ना ससुरा बाबा सुरेन्द्रनाथ अधिकारीको स्मृतिमा विपन्न तथा अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो ।

बागलुङको रामरेखा आधारभूत विद्यालयमा अध्ययनरत १६ जना, बडिगाड गाउँपालिकाको दगातुङडाँडाका ८ जना र पर्वतको कुश्मा नगरपालिकाका ५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

३१ जना बालबालिकामध्ये १३ जना बालबालिका अपाङ्गता भएका रहेको अमर क्षत्री फाउण्डेशनका बागलुङ जिल्ला प्रतिनिधि सरु गैरेले जानकारी दिनुभयो ।

बडिगाड र पर्वतका बालबालिकालाई उनीहरूको घरमै पुगेर न्यानो कपडा हस्तान्तरण गरेको फाउण्डेशनले रामरेखा आधारभूत विद्यालयमै पुगेर हस्तान्तरण गरेको थियो ।

आर्थिक रूपमा विपन्न रहेका र अपाङ्गता भएका आफ्ना विद्यालयका बालबालिकालाई जाडोको समयमा न्यानो कपडा हस्तान्तरण गरेको भन्दै विद्यालयका प्रधानाध्यापक सिर्जना पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । न्यानो कपडा हस्तान्तरण कार्यक्रम जनप्रतिनिधि शान्ति पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमित्रा पौडेलको अध्यक्षता, शिक्षक विष्णु पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • २०८३ मंसिर १२, शुक्रबार