काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराउनु भएको छ ।
सोमबार साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।
उहाँले ठूलो जनधनको क्षति भएको बताउँदै आफू नैतिकताका आधारमा पदमा नबस्ने बताउनुभएको हो ।
