बागलुङ । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरको कार्यालय तोडफोड भएपछि सेवा बन्द गरिएको छ ।
जेनजी अन्दोलनका सहभागी हौँ भन्दै २५ जना भन्दा बढीको संख्यामा आएका प्रदर्शनकारीले आज विहान ११ः३० मा वडा कार्यालय तोडफोड गरेको वडा अध्यक्ष कोपिलामणी शर्माले जानकारी दिनुभयो ।
वडा कार्यालयले फेसबुक मार्फत सूचना जारी गर्दै सेवा अवरुद्ध भएको जानकारी गराएको छ ।
