• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

संविधानको रक्षाका लागि बागलुङमा मौन प्रदर्शन

  • २०८२ भाद्र २७, शुक्रबार

बागलुङ । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) बागलुङले राष्ट्र र संविधानका पक्षमा आज मौन प्रदर्शन गरेको छ । नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घलगायत पेशागत सङ्गठनका प्रतिनिधिहरुले बागलुङ बजारमा प्रदर्शन गरेका हुन् ।

प्रदशर्ननमा सहभागीले हातमा संविधान र ‘देश बचाऔँ, संविधान जोगाऔँ’ लेखिएका प्लेकार्ड बोकेका थिए । बागलुङ बारको कार्यालय परिसरबाट सुरु भएको मौन प्रदर्शन लोकतान्त्रिक चोकसम्म पुगेर पुनः सोही ठाउँमा आएर सकिएको थियो । प्रदर्शनमा कानुन व्यवसायी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

मुुलुकको पछिल्लो विकसित घटनाक्रमका सन्दर्भमा संवैधानिक प्रकृयाबाटै निकास निकाल्न माग गर्दै प्रदर्शन गरिएको बागलुङ बारका अध्यक्ष गीता श्रीसले बताइन् । ‘पापड’ केन्द्रको निर्णय अनुसार जिल्लामा थप कार्यक्रम तय हुने उनको भनाइ छ ।

जेन्जीको आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा अन्तरिम सरकार गठन प्रकृया संविधानभित्रैबाट अगाडि बढाउनुपर्ने पेशागत सङ्गठनहरुको माग छ ।

 

  • २०८२ भाद्र २७, शुक्रबार