• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

पहिरोले सिगानामा गोठ पु-यो, परिवार विस्थापित

बागलुङ/बागलुङ नगरपालिका–८ सिगानामा पहिरो खस्दा भैसी सहितको एउटा गोठ पुरेको छ भने एक परिवार विस्थापित भएका छन् ।
सिगाना पाखाबारी स्थित राम बहादुर खड्काको घरमाथीबाट आएको पहिरोले गोठ पुरेको छ भने घरमा आंशिक क्षति पु¥याएको छ । अहिले घरबाट सामाग्री स्थानान्तरण गरिएको छ ।

पहिरोले गोठ पुर्दा एउटा भैसीको मृत्यु भएको छ भने परिवारलाई सुरक्षित ठाउँमा सारिएको बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष छम बहादुर कार्कीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष कार्कीका अनुसार घरमाथीबाट हालै सडक विस्तार गरिएकाले चट्टान सहितको ठूलो पहिरो खसेको थियो । पहिरोले सिगानाको विद्युत वितरणको मुख्य ट्रान्सफर्मरमा समेत क्षति पु¥याएको छ ।
यस्तै उक्त पहिरोले बागलुङ देखि सिगाना हुँदै बरेङशान्तिपुर जाने सडक समेत अबरुद्ध भएको छ ।