• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध

बागलुङ/अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड पूर्ण अबरुद्ध भएको छ ।
गयरातीदेखि परेको अविरल वर्षाका कारण करिडोरको बागलुङ खण्ड स्थित बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो ।
पहिरोका कारण उक्त खण्डमा यातायात सञ्चालन ठप्प भएको छ । कालाखोला क्षेत्रमा यस अघि समेत ठूलो पहिरो खसेको थियो । ठूलो पहिरोका कारण खुलाउन समस्या भईरहेको छ ।
कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गर्ने प्रहरीको भनाई छ ।