• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

घरको तलाबाट खसेर बागलुङमा एक बालक गम्भीर घाइते

बागलुङ । बागलुङको रामरेखामा घरको पहिलो तलाबाट खसेर एक बालक गम्भीर घाइते भएका छन् ।

आइतबार साँझ खेल्ने क्रममा तनहुँ घर भई हाल बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएका छबिलाल शर्माका ७ वर्षीय छोरा सचिन शर्मा दुई तले घरको पहिलो तलाबाट खसेका हुन् ।

सानीआमासँग डेरामा बस्दै आएका सचिनलाई धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार पछि थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।