• २०८३ आश्विन २७, मंगलवार
  • 2026 October 13, Tuesday

जेनजीको माग पुरा भयो, जनताको काममा फर्के : वडा अध्यक्ष केसी

बागलुङ/जेनजी आन्दोलमा सर्मथन जनाउदै सामाजिक सञ्जालबाट राजिनामा दिनुभएको बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष सनी केसी वडाको काममा फर्कनुभएको छ ।

जेनजी आन्दोलनका क्रममा सरकारले दमन गरी युवाहरुको हत्या गरेको भन्दै सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेको बताउदै वडा अध्यक्ष केसी जेन्जीको माग पुरा भएसंगै आफू वडाको काममा फर्केको बताउनुभएको छ ।

जेनजी आन्दोेलनको क्रममा भदौं २४ गते समर्थन गर्दै वडाध्यक्ष र नेपाली काँग्रेसको जिम्मेवारीबाट अलग भएको भियिो सन्देश सामाजिक सन्जालमा राख्नुभएको थियो ।

सामाजिक सञ्जालबाट घोषणा गरेपनि आधिकारिक रुपमा राजीनामा पत्र नबुझाएको र जेनजीको माग सम्बोधन भएकाले जनताको काममा फर्केको केसीको भनाई छ । “जेनजी आन्दोलन सफल भयो, आन्दोलनलाई सहयोग गरेको थिए, राजिनामा समेत आधिकारिक रुपमा स्विकृत नभइसकेकाले वडावासीको माग अनुसार काममा फर्के” केसीले भन्नुभयो “जेनजीको माग अनुसार नयाँ सरकार गठन भएको र देशमा आशाको सन्चार भएकाले मलाई जिताउने जनतामा निराशा छाउन नदिन आफू राजिनामाबाट पछि हटेको हुँ ।” वडाध्यक्ष केसीले तरुण दलको क्षेत्रीय सभापतिबाट भने अलग भएको जानकारी दिनुभयो ।

कतिपयले  वडा अध्यक्ष केसीलाई नैतिकताको प्रश्न भने उठाएका छन् ।