बागलुङ । बरेङ गाउँपालिका-५ का वडा अध्यक्ष अमर बहादुर सेरबुजालाई मातृ शोक परेको छ । साविक सुखौरा गाविस निवासी सरेबुजाकी आमा गंगी शेरपुर्जाको भदौ ३० गते ७७ वर्षको उमेरमा निधन भएको हो ।
वडा अध्यक्ष सेरबुजाकी आमाको निधनप्रति बरेङ गाउँपालिकाले दुख व्यक्त गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले मंगलवार एक शोक वक्तव्य जारी गर्दै वडा अध्यक्षकी आमा सबैका अभिभावक गंगी शेरपुर्जाको निधनले मर्माहत भएको जनाउनु भएको छ ।
स्वर्गीय अभिभावकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा बरेङ गाउँपालिका गहिरो समवेदना प्रकट गर्दछ, अध्यक्ष शर्माद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।
