प्रवेश पौडेल, बागलुङ
बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी बागलुङको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।
बागलुङवासीलाई चाडपर्वमा सहज गराउने उदेश्यले चिनी, नुन र तेलको सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।
आम नागरिकलाई सहुलियत दरमा नुन, चिनी, खानेतेल लगायतका खाद्य पदार्थ उपलब्ध गराउने उद्देश्यले कार्यालयले बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
सुपथ मुल्यपसलमा चिनी प्रतिकेजी रु.९५, नुन प्रति केजी रु. २४ र शुद्ध तोरीको तेल प्रती लिटर रु. ३५५ मा बिक्री भइरहेको साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङका कार्यालय प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भदौं ३० गते देखि कात्तिक १० गते सम्म सुपथ मुल्य पसल सञ्चालनमा ल्याइनेछ । बजारमुल्य भन्दा चिनीलाई प्रतिकेजी रु. १० नूनमा प्रतिकेजी रु.२, खानेतेलमा रु. ७० सस्तोमा उपभोक्ताले सुपथमुल्यमा प्राप्त गरेका छन् । बजारमा प्रतिकेजी चिनि रु. १०५, नुन रु. २६ र तोरीको तेल प्रतिलिटर रु.४२५ मा बिक्री भइरहेको छ ।
चिनी एक जनालाई अधिकतम ६ केजी, नुन ५ केजी र आवश्यकता अनुसार बिक्री गरिनेछ । पसल बिहान १० बजेदेखि दिउँसो ४.३० बजे सम्म सञ्चालन हुने छ भने सार्वजनिक बिदाको दिन सुपथ मुल्य पसल बन्द रहनेछ ।