• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

‘किन जोगाउने संविधान’ विषयक अन्तरक्रिया

  • २०८२ आश्विन ३, शुक्रबार

बागलुङ/ १० औं संविधान दिवसको अवसरमा नेपाली कांग्रेस बागलुङले ‘किन जोगाउने संविधान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संविधान दिवसको अवसरमा संविधान जोगाउन किन आवश्यक छ भन्ने विषयमा नेता कार्यकर्ताबीत अन्तरक्रिया गरिएको थियो । पछिल्लो समय जेनजीको आन्दोलन पछि आएको परिवर्तनले संविधानको रक्षाका विषयमा अनेकन प्रश्न उठाएको भन्दै कांग्रेस बागलुङले संविधान जोगाउने विषयमा अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा उपस्थित वक्ताहरूले लोकतन्त्रप्रति प्रतिबद्धता जनाउँदै संविधानलाई जनताको दस्तावेजको रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए । संविधानलाई आत्मसात् गरेर यसको प्रभावकारी कार्यान्वयनमार्फत मात्र नागरिकको हकअधिकार सुनिश्चित हुने उनीहरूको भनाइ थियो ।अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख किरणराज शर्मा पौडेलले संविधानको रक्षा, सफल कार्यान्वयन र संस्थागत सुदृढीकरणमा नेपाली कांग्रेसको भूमिका निर्णायक रहेको धारणा राख्नुभयो । उहाँले लोकतन्त्र र संविधानलाई बचाउन एक ढिक्का भएर अन्य दलसंग समेत सहकार्य गर्नुपर्ने बताउनुभयो । “संविधानले थुप्रै मुद्दालाई समावेश गरेको छ, दलित, आदीवासी र पीछाडिएको वर्गलाई उत्थान गर्न थालेको छ”पौडेलले भन्नुभयो “कार्यान्वयनमा गएको संविधानको रक्षा नभए मुलकु थप संकटमा पुग्छ ।”

नेपाली कांग्रेसले रुपान्तरणको मुद्दा लिएर नवीन तरिकाबाट पार्टीलाई अगाडि लानुपर्ने, संविधानको रक्षा गर्नु कांग्रेसको मुख्य जिम्मेवारी रहेको धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसकका केन्द्रिय सदस्य चम्पा खड्का, नेपाली कांग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, पूर्व जिल्ला सभापति मनिभद्र शर्मा कँडेल, पूर्व सांसद प्रकाश पौडेल, प्रदेशसांसदहरु दोर्ण कुँवर, डिल्लीराम सुवेदी, दिलमाया पौवी र महासमिति सदस्य जगदिश चन्द्र उपाध्यायले कांग्रेमा रुपान्तरण आवश्यक रहेको बताउदै संविधानको रक्षामा कांग्रेस एक ढिक्का हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम नेपाली कांग्रेस बागलुङका सभापती जित शेरचनको अध्यक्षता, सहसचिव ज्ञानु श्रीस शर्माको स्वागत र सचिव हरिहर शर्माको सञ्चालमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न तहका नेता तथा जनप्रतिनिधिहरूले संविधान र लोकतन्त्रबारे आफ्ना धारणा राखेका थिए ।

  • २०८२ आश्विन ३, शुक्रबार