• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

बेपत्ता घर्तीको अवस्था अझै अज्ञात, मोटरसाईकल भेटियो

बागलुङ । १४ दिनदेखि वेपत्ता हुनुभएको बागलुङको ताराखोला गाउँपालिका–२ का २३ वर्षीय भिम बहादुर घर्तीको अवस्था अझै अज्ञात छ । भदौं २१ गते साँझ वेपत्ता हुनुभएको घर्ती सवार मोटरसाईकल ताराखोलामा फेला परेको थियो ।

मोटरसाईकलमा ताराखोलादेखि हटिया आउदै गर्दा मोटरसाईकलसंगै वेपत्ता हुनुभएका घर्ती दुर्घटनापश्चात ताराखोलामा खसेको प्रहरीको अनुमान छ ।
प्रहरीले संभावित स्थानमा खोजी गर्दा ताराखोला गाउँपालिका–१ स्थित गाइघाट झरना नजिकै घर्तीले लगाएको चप्पल समेत फेला परेकाले मोटरसाईकल सहित खोलामा खसेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरिक्षक सुनिल शर्मा चिलवालले जानकारी दिनुभयो ।

चिलवालका अनुसार वेपत्ताको खोजीकार्यका लागि प्रहरी खटिरहेको र उहाँ चढेको ध १ प ५३०८ नम्बरको मोटरसाइकल समेत ताराखोलाको बीच भागमा फेला परेको चिलवालको भनाइ छ ।

वर्खामा खोला बढेका कारण खोजीकार्यमा समस्या भइरहेको र संभावित स्थान गलकोट हुँदै बडिगाडसम्म खोजीकार्य भइरहेको उहाँको भनाई छ । मोटरसाईकल भेटिएको स्थानमा एक्साभेटरको सहयोगमा समेत खोजीकार्य गरेपनि घर्तीको अवस्था अझै अज्ञात छ ।