• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

सात दिनपछि खुल्यो बन्द सिगानाको सडक

  • २०८२ आश्विन ५, आईतवार

बागलुङ/भदौं २९ गते बिहानै देखि बन्द भएको बागलुङ–सिगाना–बरेङ शान्तिपुर सडक सात दिनपछि सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–८ सिगानामा सडक माथीबाट खसेको ठूलो पहिरो खस्दा सडक सहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन् ।

चट्टान सहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो । सडक सुचारु भएसंगै यात्रुहरु गन्तव्यमा लागेका छन् । उक्त सडक हालैमात्र एक निर्वाचन क्षेत्र एक सडक अन्र्तगत बागलुङ बजार देखि सिगाना सम्मको १० किमि सडक कालोपत्र भएको थियो । सडक डिभिजन कार्यालय बागलुङले कर्ण विल्र्डसलाई ठेक्का मार्फत सडक कालोपत्र गर्न दिएको थियो ।

कार्यालय र निर्माण व्यवसायीको सहयोगमा सडक खुलाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । खड्काले पहिरोबाट पुरिएको गोठबाट मरेको भैसी निकाल्ने, क्षतिग्रत घरबाट सामाग्री स्थानान्तरण कार्यमा नगरपालिकाले नगरप्रहरी, डोजर प्रयोग गरेर तत्कालै सहजीकरण गरेको बताउदै ठूलो पहिरो भएका कारण सडक डिभिजन कर्यालयको सहजीकरणमा स्काभेटर पाँच दिन प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।

  • २०८२ आश्विन ५, आईतवार