• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

पुननिर्माणका लागि सरकारलाई सृष्टि फर्निचरको एक लाख सहयोग

  • २०८२ आश्विन ६, सोमबार

बागलुङ/ जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त सरकारी संरचना पुननिर्माणमा सघाउनकालागि बागलुङका एक फर्निचर व्यवसायीले एक लाख एक हजार रकम प्रदान गर्नुभएको छ । बागलुङको सृष्टी फर्निचार उद्योगका सन्चालक ऋषिराम गौतमले आफ्नो व्यवसायको १५ औं वार्षिकोत्सवको अवसरमा नेपाल सरकारलाई जिल्ला प्रशासन कार्यालय मार्फत रु. एक लाख एक हजार १११ सहयोग गर्नुभएको छ ।

नेपालको सिंहदरबार सहित अन्य संरचना पुननिर्माणमा राज्यलाई सघाउन सामाजिक उत्तरदायित्व अन्र्तगत गौतमले बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

१५ वर्षदेखि बागलुङको फर्निचर व्यवसायमा सक्रिय गौतमले राज्यलाई सामाजिक उत्तरदायित्व अन्र्तगत पुननिर्माणमा सघाउन प्रदान गरिएको हो । “देश दुखमा छ, धेरै भौतिक क्षति पुगेको छ, सबैलो सानो–सानो सहयोग गरेर पसननिमाृण गर्न सके आर्थिक वृद्धि छिटो हुन्छ, हामीजस्ता व्यवसायलाई सघाउ पुग्दछ” गौतमले भन्नुभयो “४२ जना युवालाई स्वदेशमै रोजगारी प्रदान गरेको उद्योगले निरन्तरता पाउन राज्यकै सहयोग चाहिन्छ ।”

गौतमले १५ औं वार्षिकोत्सवको अवसरमा रु. ५ करोड लगानीमा फर्निचर उद्योगको नयाँ स्वरुम स्थापना गर्नुभएको छ । गौतमले फर्निचार र हार्डवयर लगायतका व्यवसाय गर्दै आउनुभएको छ । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले नेपाल सरकारको पुननिर्माण गर्ने खातामा उक्त रकम जम्मा गर्ने बताउनुभएको छ ।

फोटो सुवास आचार्य

  • २०८२ आश्विन ६, सोमबार