दोहा । दोहा वेभ्सको आयोजना यही २६ सेप्टेम्बर शुक्रबार आयोजना हुने स्टार नाईट–२०२५ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कर्णदास र दुर्गेस थापा सहित एक दर्जन नयाँ र पुराना कलाकारले प्रस्तुति दिने स्टार नाइट–२०२५” को तयारी पूरा भएको आयोजकले बुधबार दोहामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो ।
नेपालीहरुको माहान पर्व बिजया दशमीको पावन अवसर पारेर सनैया स्थित ग्राण्डमलको एमपीथ्रीएटर सभा हलमा आयोजना गरिएको कार्यक्रममा सदावाहर गायक कर्णदास सहित नयाँ पुस्ताका रोजाइका गायक तथा मोडेल दुर्गेश थापासंगै आकर्षणको रुपमा विरासतलाई फर्केर हेर्दा “ब्याक टु नाइन्टी” ब्यान्डले समेत आफ्ना प्रस्तुती दिने छन् ।
“विरासतलाई फर्केर हेर्दा” नामकरण गर्दै मध्यान्ह, लेकाली, देउराली, ब्रोसिस, भेगाबोन्ड सामूहिक सहकार्य गरेका ब्यान्डले ठुला ठुला महल हैन, बस सुन्दरी, चाइना कम्पनी, पागल प्रेमी लगाएत चर्चित अनि लोकप्रिय गीत प्रस्तुत गर्नेछन् ।
नेपाली, हिन्दी, भोजपुरी, मैथिली भाषाका कलाकार समेटिएको स्टार नाइटमा युवा पुस्ताकी चर्चित गायिका सिर्जना खत्री “हाउडे माया”, सफल सगरमाथा आरोही एवं मोडल कविता नेपाली, गायकहरू सन्नु कुमार र सञ्जय देवकोटा, नायिका शिवि शर्मा, नृत्याङ्गना प्रीति पासवान र सपना चौहानले प्रस्तुति रहने आयोजकले जानकारी ।
दर्शकको सुरक्षालाई प्राथमिकता राखेर कार्यक्रम स्थलको व्यस्थापन गरिएको र यथेष्ट मात्रामा सेक्युरिटी र स्वयंसेवक परीचालन गरिने, कार्यक्रम स्थलको गेट दिउँसो ३ः३० मै खोलेनी र दर्शकलाई कुनै पनि झन्डा साथमा नल्याउनको लागि आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रमको मुनाफाबाट केही प्रतिशत रकम जेनजी आन्दोलनमा सहादत भएका शहीद तथा घाइतेका परिवारलाई सहयोग गरिने कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए । कार्यक्रमका लागि गोल्डको ४०, प्लटिनियमको ६०, भिआइपीको ८० र रेड कार्पेट टिकटको २०० कतारी रियल मूल्य कायम गरिएको छ भने रेड कार्पेट टिकटको खरिदमा ५० करी छुट गरिएको आयोजकले जनाएको छ ।
यसैबीच कार्यक्रममा सहभागिता जनाउन दुर्गेश थापा बिहिवार बिहान कतार आईपुगेका छन भने सबै कलाकार बिहीबार साझ सम्म आईपुग्ने आयोजकले जनाएको छ ।
