• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

मुक्तिनाथमा आयोजित छ महिने महायज्ञ सकियाे

  • २०८२ आश्विन १७, शुक्रबार

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ धाममा सञ्चालित छ महिने महायज्ञ विधिवत रूपमा बिहीबार समापन भएको छ । मुक्तिनाथ मन्दिरका पिठाधीस जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा विशेष पूजापाठसहित महायज्ञ समापन भएको हो ।

कालीगण्डकीको शालिग्राम र मुक्तिनाथको प्रचारप्रसार गर्ने, धार्मिक आस्थालाई एकआपसमा जोड्ने र विश्वशान्तिको कामना गर्दै गत चैतको रामनवमीदेखि मुक्तिनाथमा महायज्ञ सुरु भएको थियो । कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्प अनुसार त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामबाट मुक्तिनाथधामसम्म विशाल रथयात्रासहित सुरु भएको महायज्ञ आज समापन भएको हो ।

बडादशैंको शुभदिनमा आज विधिवतरूपमा पूजापाठ गरी महायज्ञ विर्सजन भएको कागबेनीधामका पुजारी प्रताप आचार्यले जानकारी दिनुभयाे ।

मुक्तिनाथमा आयोजित महायज्ञको पूर्ण आहुतिसँगै पुनःमुक्तिनाथधामबाट रथयात्रा सुरु भइ त्रिवेणीस्थित गजेन्द्र मोक्षधामसम्म रथयात्रा प्रस्थान गर्ने कार्यक्रम रहेको पुजारी आचार्यले जानकारी दिनुभयाे ।

  • २०८२ आश्विन १७, शुक्रबार