• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

स्थानीय खसीबोकामै निर्भर

बागलुङ/हिमालपारीको जिल्ला मुस्ताङबाट आयात गरेको च्याङ्ग्रा गाउँपुग्न नपाएपछि खसीबोकामै स्यानीयले दसैं मान्न थालेका छन् ।

बागलुङमा कम मात्रमा च्याङ्ग्रा आयात तथा महङ्गो भएपछि स्थानीय खसीबोकाकै भरमा दसैं मान्न थालिएको हो । हिमाली च्याङ्ग्रा बागलुङ बजार क्षेत्रमै खपत भएपछि गाउँ–गाउँमा दसैं मनाउन स्थानीय खसिबोकाकै भर पर्नुपर्ने अवस्था रहेको छ ।

मुस्ताङबाट बागलुङमा करिब ३५० च्याङ्ग्रा भित्रिएपछि उक्त च्याङ्ग्रा गाउँ पुग्न नपाएको मासु व्यापारी बताउछन् । च्याङ्ग्राको मुल्यमा दुई वटा खसीबोका आउने गरेको भन्दै स्थानीयले दसैंमा स्थानीयखसीबोकामै निर्भर रहनुपर्ने बताइएको छ ।

बागलुङमा समेत मुस्ताङी च्याङ्ग्रा विक्रिका लागि आएका भएपनि च्याङ्ग्राको भाउमा दुईवटा खसी बोका खरिद गर्न सकिने भएपछि स्थानीय खसीबोकाप्रति आकर्षण बढेको बल बहादुर थापाले बताउनुभयो । “अहिले च्याङ्ग्राको मुल्य ३५ हजार भन्दा माथी छ, काटेर केजीका बिक्री गर्दा दुई हजार ५०० पर्ने गरेको छ” थापाले भन्नुभयो “मुल्य महङ्गो पर्ने भएपछि स्थानीय खसी बोकाकै मासुको माग बढी हुन्छ ।”

दसंै तिहारमा च्याङ्ग्राको मासुखाने प्रचलन भएपनि भाउ महङ्गो भएपछि स्थानीय खसीबोका र कुखुराको माग बढि हुन थालेको छ ।

११५० प्रतिकिलो खसीको मासु रहेको बागलुङ बजारमा च्याङ्ग्राको मासुलाई झण्डै तीन गुणा बढी मुल्य पर्न जाने गरेको छ । च्याङ्ग्राको मुल्य निकै महङ्गो भएपछि खसी बोकाको माग उच्च देखिएको र एक हप्तामा १० वटा खसी तथा बोका काटेर बिक्रि गरिसकेको बागलुङ बजारका मासु व्यवसायी थापाको भनाई छ ।