• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङबाट सवारीसाधन नछुटाइने

  • २०८२ आश्विन १८, शनिबार
फाइल तस्बिर

बागलुङ। जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सतर्कता अपनाउदै बागलुङबाट छुट्ने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जिल्लाबाट छुट्ने सवै सवारीसधान नछुटाउने निर्णय भएको बताउनुभयो । बागलुङबाट बाहिरिने यातयातका साधनलाई तत्कालका लागि रोक लगाइएको र सुरक्षा समितिको बैठक बस्ने तयारी थालिएको प्रजिअ गुरुङले जानकारी दिनुभयो ।

जिल्लामा बाहिरिने बागलुङ–काठमाण्डौ, बागलुङ–पोखरा–नारायणगढ, बुटवल जस्ता लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । उहाँले बागलुङ जिल्लाको कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग र ढोरपाटन सालझण्डी जस्ता मुख्य राजमार्ग भएर छुट्ने सवारीसाधनलाई सञ्चालनमा रोक लगाइएको बताउनुभयो । २० गते सम्म मौसमको अवस्था हेरेर मात्रै सवारीसाधन छुटाउन सक्ने बताउदै सकभर यात्रामा नहिड्न आग्रह गर्नुभयो । बागलुङको मुख्य नाका मालढुङ्गामा आज साँझ देखिनै सावारीसाधन बाहिरिन रोक लगाइने गुरुङले बताउनुभयो ।

उहाँले राजमार्गमा दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका सवारी भने सञ्चालन हुने छन् । वर्षाको मात्रा, क्षति वा अन्य जोखिमको अवस्था अनुसार सुरक्षा निकायले अन्य समयमा पनि आकस्मिक रूपमा राजमार्ग पूर्ण बन्द गर्न सक्ने छ । जिल्लाभित्र सडक अवरुद्ध भएमा तत्कालै सडक डिभिजन कार्यालय बागलुङ, पूर्वाधार कार्यालय, स्थानीय तह तथा निर्माण व्यवसायीसंग समन्य गरेर हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्न निर्देनश गरेको प्रजिअ गुरुङले बताउनुभयो ।

 

  • २०८२ आश्विन १८, शनिबार