• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

राजमो बागलुङको जनजागरण अभियान पैयु, मल्म र खुङ्गामा

  • २०८२ आश्विन २३, बिहीबार

बागलुङ। राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रियता र संविधानको रक्षा, संघीयता खारेजीका लागि जनजागरण अभियान २०८२ को कार्यक्रम अन्र्तगत पैयु, मल्म र खुङ्गामा एक साथ सम्पन्न गरिएको छ ।

बिहीबार जैमिनी नगरपालिका वडा नं. ९ पैयु, गलकोट नगरपालिका वडा नं ९ मल्ल र ढोरपाटन नगरपालिका वडा नं ४ खुङ्गामा सम्पन्न भएको छ । जनजागरण अभियान अन्तरगत पैयुथन्थापमा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य डिल बहादुर श्रीस हुनु हुन्थ्यो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य ठाकुर शर्मा, राजमो जैमिनीका उपाध्यक्ष चन्द्र बहादुर केसीले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम राष्ट्रिय जनमोर्चा वडा समितिका अध्यक्ष बिरेन्द्र थापाको अध्यक्षता, सचिव दिलिप परियारको सञ्चालन र सदस्य थुम बहादुर घर्तिको स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

यसै गरि मल्म गल्याङमा सम्पन्न प्रशिक्षण भेला कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा हुनुहुन्थ्यो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदिलाल सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार तथा गलकोट नगर अध्यक्ष टंक केसि, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेदिलाल सापकोटा हुनुसापकोटा, बागलुङ जिल्ला अध्यक्ष मित्र ढकाल, अखिल छैठौंका केन्द्रीय सचिव गणेश सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । कार्यक्रम वडा समितिका अध्यक्ष रुमकान्त गौतमको अध्यक्षता, उपाध्यक्ष नारायण गौतमको सञ्चालन र वडा समिति सदस्य तरला गौतमको स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

यसैगरी खुङ्गामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले गर्नु भएको थियोे । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिपक थापाले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा जिल्ला तथा पालिका स्तरीय नेताहरुको अतिथिहरुको आतित्थ्यता रहेको थियोे । कार्यक्रम कुल बहादुर छन्त्यालको अध्यक्षता, राम बहादुर अर्गेजाको सञ्चालन र लाल बहादुर सुनारको स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।

  • २०८२ आश्विन २३, बिहीबार