• २०८३ आश्विन २७, मंगलवार
  • 2026 October 13, Tuesday

अब दलितको नेतृत्व चाहिन्छ : अभियान्ता सुनार

  • २०८२ आश्विन २४, शुक्रबार

‘दलितका लागि दलित अभियान’ नेपालका संयोजक एवं दलित अभियान्ता खगेन्द्र सुनारले दलितको नेतृत्व दलितका लागि आवश्यक रहेको बताउनुभएको छ ।
पुराना राजनीतिक दलहरुले गरेको अपराधको साँची कोही पनि दलित समुदायका व्यक्तिहरु बस्न नहुने बताउदै अब हरेक क्षेत्रमा दलितको नेतृत्व चाहिन्छ ।

उहाँले नेपालको राजनितिक इतिहासमा काँग्रेस एमाले माओवादी केन्द्र लगायतका पुराना दलले ठुलो अपराध गरको हुँदा यिनी दलको साँचीको रुपमा कोही पनि दलित नेता तथा कार्यकर्ता बस्न नहुने बताएका बताउनुभएको थियो । दलीतका लागि दलीत अभियान नेपाल, बागलुङको आयोजना गरेको दलित समुदायका लागि भेटघाट तथा बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँ अब हरेक क्षेत्रमा दलितको नेतृत्व भएमा मात्रै दलितको मुद्दा अघि बढ्ने जानकारी दिनुभयो ।

उहाँले आगामी फागुन २१ गने हुने निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व र नेतृत्व आउने दल खोल्ने संकेत गर्दै अब दलितका मुद्दा उठाउने छुट्टै दलको आवश्यकता रहेको जानकारी दिनुभयो । उहाँले दलित समुदायलाई राज्यको मुलधारमा ल्याउनका निम्ती पनि आफ्नै नेतृत्व आश्यकता रहेको बताउनुभयो । उहाँले दलीतहरु एकजुट भएर आफ्नो अधिकार खोज्ने, वर्षौदेखी दलिएकाहरु एक भएर निर्वाचनमा होमिदा राज्यको नेतृत्वमा पनि दलीत पुग्ने हुँदा त्यो कुरा अहिलैबाटसोच्नका लागि आवश्यकता रहेको बताउनुभयो ।

नेपालभर ८० लाख दलीत रहेको, विदेशमा समेत २० लाख दलीत रहेकोले एक भएर अगाडि बढेमा त्यसले दलीतको अधिकार सुरक्षा गर्न पहल पुग्ने पनि बताउनुभयो ।

दलीतलाई सामाजिक रुपमा दवाइएकोले रुकुममा नवराज बिक सहितका युवा मारिएको, तराइमा हरेक घटनामा दलीतहरु माथि हिंसा भएको उनले दृष्टान्त सुनाउँदै खगेन्द्रले हरेक दमन र अत्याचारको विरुद्धमा सवै दलित भए भएर अगाडी बढ्नुपर्ने बताए । उनले दलीत नेतृत्व स्थापित नभएसम्म समाजबाट त्यस्ता हिंसा अन्त्य नहुने दवी व्यक्त गर्नुभयो ।

गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनले पुराना दल र भ्रष्टाचारलाई अन्त्य गरेको भन्दै अब नयाँ ढंगले राज्य संचालन गरिने जानकारी दिनुभयो । पत्रकारिता मार्फत दलित अधिकारको क्षेत्रमा लागेका सुनार राजनीतिक, सामाजिक र समसामयिक बिषयमा बिद्रोहीको रुपमा पनि चिनिन्छन् । उनले लामो समयदेखि काठमाण्डौंको माइतीघरमा घाँटीमा साङ्लो भिरेर सांकेतिक आन्दोलन गर्दै आएका थिए ।

कार्यक्रममा दलीतका लागि दलीत अभियानका गण्डकी प्रदेश संयोजक दिपक लामगाडे, र विशेष सल्लाहकार दधिराम परियारले दलितहरुको आन्दोलन कहिलै नसकिने बताउनुभयो । कार्यक्रममा उत्पिडित दलित समुदायको सञ्जाल बागलुङका महासचिव सिताराम रसाईली, दलित युवा सञ्जाल बागलुङका अध्यक्ष राहुल बोहोरा, सञ्जालका संरक्षक लक्ष्मण श्री लगायतले बोल्नुभएको थियो । कार्यक्रम दलित अभियान बागलुङका संयोजक हरि रुचालको अध्यक्षता, दलीत युवा संजाल बागलुङका कोषाध्यक्ष शान्त नेपालीको स्वागत र कृष्ण संयोगको संचालनमा सम्पन्न भएको थियो ।

 

 

  • २०८२ आश्विन २४, शुक्रबार