• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

गाउँमा छैन देउसी भैलो, शहर रौनकता

तिहार शुरुभएसंगै बागलुङ बजारका चोक–चोक देउसीभैलोले गुन्जयमान भइरहेका छन् । तिहारमा देउसी भैलो खेलने आशिष दिने र दक्षिण लिने प्रचलन रहेपछि युवा पुस्ता पलायनका कारण गाउँमा भने देउसीभैलोको प्रचलन विस्तारै घट्दै गएपछि शहर केन्द्रित भएको छ ।
गाउँमा फ्याट्ट–फुट्ट देखिने देउसी भैलो बजारका चोक–चोकमा देख्न पाइन्छ । कतै मौलिकता त कतै आधुनिक देउसीभैलोका गीत र नाचमा बागलुङ बजारबार गुल्जार बनेपनि गाउँमा भने देउसीभैलोको चहलपहल कम छ । यतिबेला मगर विद्यार्थी संग बागलुङ, दि राइजिङ डान्स र नेपाल सांस्कृतिक समूह लगायतको देउसी भैलो खेल्ने कार्यक्रम शनिबार देखि थालिएको छ ।
पछिल्लो समय देउसी भैलोमा पश्चिमा संस्कृति भित्रिएसंगै देउसी भैलोको मौलिकता मासिएको गुनासो बढिरहेको छ । रेडर्क गरिएका आधुनिक गितले देउसी भैलोको मौलिकता र संस्कृति मासिदै गएको सन्दर्भमा यहाँको मगर संघले भनयानीमाया, सालैजो जस्ता गीत देउसी भैलोमा समावेश गरेको छ ।

देउसी भैलो कन्र्सट जस्ता भए भन्ने आम गुनासोलाई चिर्दै नेपालको जातजाती र भाषा संस्कृतिलाई समेटेर भैलो देखाइएको मगर संघको देउसी भैलो कार्यक्रमलाई अगाुवाई गर्दे आउनुभएका मनिष थापाले बताउनुभयो । “गाउँमा अहिले जनसंख्या कम छ, देउसी भैलो खेल्ने युवा युवतीहरु कम छन्, बजारमा ठूलो जनसंख्या छ, थोरै थोरै सहयोग भएपनी धेरै हुन्छ” थापाले भन्नुभयो “मगर संस्कृति संरक्षणसंगै विद्यार्थीको हक हितका लागि बागलुङ बजारमा देउसी भैलो खेलिरहेका छौं ।”

गरिब विद्यार्थीलाई कापि, कलम, रोगीलाई सहयोग गर्नका लागि सुनौलो संस्था बागलुङले बरेङ र जैमिनी क्षेत्रमा समेत वर्षेनी देउसी भैलो खेलिरहेको छ ।

गाउँमा बढी रुपमा देखिने देउसी भैलो बसाइसराइँका कारण शहर केन्द्रित भएको देउसी भैलोले देखाउछ ।