बागलुङ । बागलुङमा दुई प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसुर र पशुपंक्षकी कसुरका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ बागलुङ जिल्ला गलकोट नगरपालिका–१ दुधिलाभाटी बस्ने वर्ष ६० को जंग बहादुर पुन र सोही ठाउँका २० वर्षका सुदिप नेपाली रहेका छन् । पुनलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको फैसला अनुसार सैतीस लाख जरिवाना र छ दिन कैद तोकिएको थियो ।
यस्तै नेपालीलाई सम्मानित जिल्ला अदालत बागलुङबाट मिति २०८१ असार ५ गते फैसला भएको पशुपंक्षी विरुद्दको कसुरमा दुई महिना सात दिन कैद सजाय तोकिएको थियो ।
दुबैलाई लुकिछिपि बसेको अवस्थामा गलकोट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी एवम् प्रहरी नायब उपरिक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो । दुईलाई फैसला कार्यान्वयनका लागि बागलुङ जिल्ला कारागार चलान गरिएको छ ।