• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

राजभण्डारी परिवारद्वारा मानवसेवा आश्रमको निर्माणाधीन भवनमा एक कोठा प्रायोजन

  • २०८२ कार्तिक १७, सोमबार

बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सहयोग जुट्ने क्रम निरन्तर जारी छ । महायज्ञ सुरु हुन ३ दिन बाँकी रहँदै समेत दाताहरूले उत्साहपूर्वक सहयोग घोषणा गरिरहेका छन् ।

यही क्रममा बागलुङ नगरपालिका–३ निवासी स्वर्गीय लालबहादुर राजभण्डारी र महालक्ष्मी राजभण्डारीको स्मृतिमा उहाँको छोरा रामचन्द्र, सुवासचन्द्र, सुरेशचन्द्र र प्रकाशचन्द्र राजभण्डारीले आश्रमको निर्माणाधीन भवनका लागि एक कोठा निर्माणार्थ ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

स्वर्गीय अभिभावकको चीरशान्तिको कामना गर्दै गरिएको यस सहयोगपछि आश्रमको भवन निर्माण अभियान थप उत्साहजनक बनेको आश्रमले जनाएको छ ।
मानवसेवा आश्रम बागलुङ शाखाले सहयोगापेक्षी मानवहरूको दीगो व्यवस्थापनका लागि आगामी कार्तिक २१ गतेदेखि महायज्ञ आयोजना गर्न लागेको छ ।

  • २०८२ कार्तिक १७, सोमबार