• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

सिगाना वडावासीको तर्फबाट आश्रमको एक कोठा निर्माण

बागलुङ । मानव सेवा आश्रमको भवन निर्माणका लागि आयोजित ज्ञान–विज्ञान महायज्ञमा सोमबार बागलुङ नगरपालिका–८ सिगानावासीको तर्फबाट एक कोठा निर्माणका लागि योगदान गरिएको छ ।

सोमबार वडा अध्यक्ष छम बहादुर कार्कीको नेतृत्वमा महायज्ञस्थल निरयघाटमा सम्पूर्ण सिगानावासीको तर्फबाट एक मुष्ठ रु.५ लाख ११ हजार सहयोग प्रदान गरिएको छ ।

वडा कार्यालयका सबै नागरिको धेरै थोरी रकम संकलन गरी आश्रमलाई एक कोठा निर्माण गर्न सहयोग गरिएको वडा अध्यक्ष छम बहादुर कार्कीले जानकारी दिनुभयो । सोमबार बाजागाजा–भजनकृतन सहित सयौ सिगानावासीयको तर्फबाट महायज्ञमा पुगेर रकम हस्तान्तरण गरिएको थियो ।

महायज्ञमा दुई दिनमा झण्डै रु.एक करोड रकम संकलन भइसकेको मानव सेवा आश्रमले जनाएको छ । महायज्ञ कात्तिक २८ गते सम्म सञ्चालनमा आउने छ ।