• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

रेडियोः विगत, वर्तमान र भविष्य विषयक अन्तरसंवाद

  • २०८२ कार्तिक २६, बुधबार

बागलुुङ । साविक धौलागिरिको पहिलो बिधुतीय सञ्चार माध्यम धौलागिरि एफएम बागलुङको २१ औ बार्षिकोत्सव अन्तरगत दोस्रो दिन अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

धौलागिरीको आकाशमा पहिलो विधुतिय तरंगको रुपमा २०६१ साल कार्तिक २७ गतेबाट प्रसारण सुरु गरेको धौलागिरी एफएफले २१ बर्ष पुरा गरि २२ बर्ष प्रवेशको अवसरमा संचालन गरेको त्रिदिवसीय कार्यक्रम अन्तरगत दोस्रो दिन रेडियोः बिगत, बर्तमान र भविश्य बिषयक अन्तरसम्वाद कार्यक्रम गरिएको हो । अन्तरसंवाद कार्यक्रममा बरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठले ‘रेडियोः बिगत, बर्तमान र भविश्य’ बिषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा उहाँले रेडियो मानव इतिहाँसको सवैभन्दा प्रभावशाली र जनमुखी सञ्चार माध्यम भएकाले यसको संरक्षणका लागि सवैको सहकार्य आवश्य रहेको बताउनुभयो । अन्तरसम्वादका प्रमुख बक्ता गण्डकी प्रदेश रजिष्ट्रार बिमला भण्डारीले रेडियो तथा सञ्चार माध्यम आपतकालिन समयका सारथी भएकाले यसलाई बचाइ राख्न आवश्यक रहेकोमा जोड दिनुभयो । यसका लागि प्रदेश रजिष्टारको कार्यालयले कार्यबिधि बनाएर अगाडि बढेको उहाँको भनाई थियो । रेडियो संकटमा नभइ संक्रमणमा रहेकाले सवैले सहकार्य गर्दै निरन्तरताको लागि प्रयास जरुरी भएको बताउनुभयो ।

लोकतन्त्र बलियो बनाउदै आएको रेडियोलाई सञ्चारको सशक्त, माध्यम बनाउन आफ्नो क्षेत्रबाट सहयोग गर्ने उहाँले बताउनुभयो । कार्यपत्र माथी धौलागिरि एफएमका पूर्व प्रस्तोता गणेश पौडेलले टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा सम्पूर्ण राजनैतिक दलको तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य टेकबहादुर केसी आजाद, नेपाल बार एसोशिएसनका अध्यक्ष गीता श्रीस र यामबाहादुर थापाले आ–आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रम धौलागिरि एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माको स्वागत र सम्पादक ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
बार्षिकोत्सवको मुख्य तथा अन्तिम दिन सम्मान सहित मुल समारोहको आयोजना गरिएको स्टेशन प्रमुख उमाकान्त शर्माले जानकारी दिनुभयो ।

एफएमले स्थापना दिवसको अवसरमा हरेक बर्ष कला, साहित्य, खेलकुद र सिर्जनातर्फ प्रतियोगितात्मक एवं रचनात्मक कार्यक्रम गर्दै आइरहेको सम्पादक ताराप्रसाद शर्माले बताउनुभयो । एफएमले विहान ५ बजेदेखि राती ११ बजेसम्म दैनिक १८ घण्टा समाचार, मनोरञ्जन, ज्ञान विज्ञान, वहस, छलफल, कृषी, शिक्षा, साहित्य सिर्जना, लोक संगित, रेडियो नाटक लगायतका कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको छ ।

  • २०८२ कार्तिक २६, बुधबार