• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

जनार्दनको राष्ट्रिय अभियानमा बागलुङका यज्ञबल्लभ केन्द्रीय सदस्य

  • २०८२ कार्तिक २८, शुक्रबार

बागलुङ माओवादी नेता जनार्दन शर्माको अगुवाईमा गठन भएको प्रतिशिल राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समितिमा बागलुङका माओवादी नेता यज्ञबल्लभ शर्मा चयन हुनु भएको छ ।

विभिन्न बामपन्थी दलहरुबीच भएको एकता प्रक्रियामा असहमति जनाउदै नेकपा माओवादी केन्द्रका तत्कालिन उपमहासचिव शर्माले केही दिन अगाडि घोषणा गरेको प्रगतिशिल राष्ट्रिय अभियानमा बागलुङका नेता यज्ञबल्लभ केन्द्रीय सदस्य रहेको अभियानले जनाएको छ ।

बिहीवार गठन भएको अभियानको ३१ सदस्यीय समितिमा तत्कालिन नेकपा माओवादी केन्द्र, गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य यज्ञबल्लभ केन्दीय सदस्यमा चयन हुनु भएको हो । काठमाडौंमा अभियानका तर्फबाट गरिएको पत्रकार सम्मेलन मार्फत ३१ सदस्यीय प्रगतिशिल राष्ट्रिय अभियान केन्द्रीय संयोजन समिति घोषणा गरिएको हो । नेकपा माओवादी केन्द्र, नेकपा एस सहितका दलहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि जनार्दन शर्मा सहितका माओवादी नेताहरु छुट्टै अभियानमा बनाएर सक्रिय भएका छन् ।

जनार्दन शर्माको प्रगतिशिल राष्ट्रिय अभियान केन्द्रीय संयोजन समितिको सदस्यमा चयन हुनु भएछ, नेपाली कम्युनिष्ट पार्टी छोड्नु भएको हो, भन्ने प्रश्नमा यज्ञबल्लभले आफुले जनार्दन शर्मासंग अभियानका बारेमा कुराकानी गरेको बताउनुभयो । बिहान जनार्दनजीसंग कुराकानी भएको थियो, छलफल गरौला भनेको हुँ, यज्ञबल्लभले भन्नुभयो,–‘यो विषयमा म थप छलफलमै छु ।’ अभियानले भ्रष्टाचार, विभेद र असमानताका मुख्य शत्रुमाथि विजय प्राप्त गर्ने, सांस्कृतिक समानतामा आधारित समाज निर्माण गर्ने, नेपाली राजनीतिको आधारभूत पुनसंरचना गर्ने, सबै अग्रगामी आन्दोलनका सहिद, घाइते, बेपत्ता योद्धाहरुको सपना पुरा गर्ने संकल्प सार्वजनिक गरेको छ ।

जुनसुकै मूल्यमा निर्वाचनलाई सफल गर्नु पर्ने, देशभित्र र बाहिर रहेका नेपालीहरुले सबै तहका प्रगतिशिल राष्ट्रिय अभियान सम्पर्क समिति गठन गर्ने, जेनजी विद्रोहबाट स्थापित मुद्दाहरुलाई यथासिघ्र पुरा गराउन चौतर्फी सक्रिय बन्दै सुदृढ राष्ट्र सभ्य नागरिक बदलिदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेण्डा सहित राजनीतिक पुनरसंरचना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

  • २०८२ कार्तिक २८, शुक्रबार