• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

एमाले बागलुङको जनजागरणसभा सम्पन्न

  • २०८२ कार्तिक २९, शनिबार

बागलुङ । नेकपा एमाले बागलुङले शनिबार जिल्ला सदरमुकाम बागलुङ बजारमा जनजागरणसभा सम्पन्न गरेको छ ।

जेनजी आन्दोलनपछिको भ्रम चिर्न तथा केन्द्रिय महाधिवेशनको सन्र्दभलाई जोडेर शनिबार बागलुङमा जागरणसभा सम्पन्न गरिएको छ ।

जनजागरण सभाका सहभागिले विघटित संसद पुनस्थापना मार्फत जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने तथा विदेशी हस्तक्षेपको अन्त्य गर्नुपर्ने बताएका थिए । उनीहरुले महाधिवेसनमार्फत पार्टीका कमिकमजोरी सच्याएर जाने भन्दै जनतामाझ आएको स्विकार गरेका थिए । कार्यक्रम अघि एमाले पाटीकार्यालयदेखि मोटरसाइकल ¥यालीले बागलुङ बजार परिकर्मा गरेको थियो ।

बागलुङ बजारको बाघचोकमा आयोजित कोणसभामा नेकपा एमाले पोलिट्व्युरो सदस्य मनकुमारी केसीले अहिलेको परिस्थितिमा संविधानको रक्षसंगै राजनैतिक दलको महत्व बुझाउनुपर्ने बताउनुभयो । उहाँले राजनैतिक दलको योगदानलाई कमजोर नसोच्न आग्रह गर्नुभयो । उहाँले एमाले यो देशको ठूलो पार्टी भएको दाबी गर्दै कमि कमजोरी सञ्चाएर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु गोबिन्द नेपाली, इन्द्रलाल सापकोटा, सूर्य पाठक र जिल्ला सदस्य शेखर खड्काले पछिल्लो देशको अवस्था र एमालेले पछिल्लो समय अपनाएको नीतीको विषयमा स्पष्ट पारेका थिए ।

कार्यक्रम नेकपा एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, उपसचिव धनबहादुर परियारको संचालनमा सम्पन्न भएको थियो । मोटरसाईकल ¥यालीमा एमाले नेता तथा कार्यकताृको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा जेनजी आन्दोलनमा घुसपैठ भएको बताएका थिए ।

  • २०८२ कार्तिक २९, शनिबार