बागलुङ । कम्प्युटर संचालनका क्रममा हुन सक्ने आँखा सम्बन्धी समस्यालाई मध्य नजर गर्दै बागलुङका पत्रकारहरुका लागि आँखा सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
पत्रकारहरु बढि मात्रामा कम्प्युटरमा बस्नुपर्ने भएकाले यसबाट हुन सक्ने आँखा सम्बन्धी सम्भावित समस्यालाई कम गर्न सहयोग पु¥याउने अभिप्रायले बागलुङ जेसीजको आयोजना सफल चम्मा पसल तथा आँखा क्लिनीकको प्राविधीक सहयोग एवँ नेपाल पत्रकार महासंघ बागलुङ र सफल एकेडेमिको सहकार्यमा सचेतना कार्यक्रम गरिएको हो ।

पत्रकारहरुका लागि कम्प्युटर भिजन सिन्ड्रोम सम्वन्धी सचेतना तथा आँखा जाँच कार्यक्रममा बोल्दै नेपाल जेसीज बर्ष २०२५ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सौरभ श्रेष्ठले बन्धुत्वको भावनालाई आत्मसाथ गर्दै बागलुङ जेसीजले पत्रकारहरुसंग बिभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।
उहाँले कम्प्युटर भिजन सिन्ड्रोम सम्वन्धी सचेतना कार्यक्रमले आँखामा हुन सक्ने सम्भावित असर र समस्यालाई समधान गर्नका लागि सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राम थापा र बागलुङ जेसीजका शाखा अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले मंतव्य व्यक्त गर्नु भएको थियो ।

जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीको सहभागीता रहेको कार्यक्रमको सहजीकरण बागलुङ जेसीजका निवर्तमान अध्यक्ष, सफल चम्मा पसल तथा आँखा क्लिनिकका नेत्र सहायक एवँ सफल एकेडेमिका संचालक गणेश महतोले गर्नुभएको थियो ।
सो अवसरमा पत्रकार तथा संचारकर्मीको आँखा जाँच गर्नुका साथै औषधी तथा चस्मा बितरण गरिएको थियो । कार्यक्रमको संचालन बागलुङ जेसीजका उपाध्यक्ष मिलन खत्रीले गर्नु भएको थियो । बागलुङ जेसीजको सात दिन सात तालिम अन्तरगत उक्त कार्यक्रम गरिएको हो ।