• २०८३ आश्विन २८, बुधबार
  • 2026 October 14, Wednesday

उत्कृष्ट चार करदाता सम्मानित

  • २०८२ मंसिर ५, शुक्रबार

बागलुङ । आन्तरिक राजश्व कार्यालय बागलुङले चार जना उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा कार्यालयले बिहिबार आफ्नो कार्यक्षेत्रका चार जिल्लाका उत्कृष्ट करदाताहरुलाई सम्मानित गरेको हो ।

कार्यालयले बागलुङबाट ग्रीन डिभेलपमेन्ट बैंक लिमिटेड, पर्वतबाट दि क्लिफ प्रा.लि., म्याग्दीबाट घलेन्दि हाइडेओ लिमिटेड र मुस्ताङबाट अमित विल्डर्स गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले ग्रीन डिभेलपमेन्ट बैंक लिमिटेडका हेमराज शर्मा, पर्वतबाट दि क्लिफ प्रा.लि. राजनकुमार जोशी, घलेन्दि हाइडेओ लिमिटेडका प्रमोद श्रेष्ठ र अमित विल्डर्सका प्रेम तुलाचनलाई सम्मान गर्नुभएको थियो ।

आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले साविक धौलागिरी अञ्चलका चार जिल्लाका उत्कृष्ट करदाताहरुलाई सम्मान गरिएको बताउनुभयो । उहाँले वर्षभरी धेरै कर तिर्ने करदाताहरुलाई हौसला प्रदान गर्न छनोट गरी सम्मान गरिएको बताउनुभयो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कुमानसिंह गुरुङले सम्मानीत करदाताहरुको प्रेरणा र मेहनतबाट अरु व्यवसायीहरुले पनि सिकेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले बाहिरी देशसँग तुलना गर्नुभन्दा नेपाल पछिल्ला वर्षमा विकासको यात्रामा स्थिररूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो । “अरू देश कहाँ पुग्यो भनेर मात्र तुलना गर्नुहुँदैन,” उहाँले भन्नुभयो,“हामीले हाम्रो ठाउँमा बसेर इमानदार मेहनत गर्दा विकास आफैं तर्फबाट देखिन थाल्छ ।”

प्रजिअ गुरुङले सरकारले विभिन्न परियोजना तथा पहलमार्फत निजी क्षेत्रलाई सहयोग गर्दै आएको बताउनुभयो । गुरुङले अरुको तुलना गर्नु भन्दा आफ्नो क्षेत्रबाट सवैले जिम्मेबारी भूमिका निर्वाह गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सम्मानितहरूले आफ्नो–आफ्नो क्षेत्रका अनुभव तथा योगदानबारे जानकारी दिनुभएको थियो । पर्वतस्थित ‘द क्लिफ’ का प्रतिनिधि राजनकुमार जोशिले द क्लिफले साहसिक खेलहरुका माध्यमबाट देशको नाम चिनाउन सहयोग गरिरहेको बताउनुभयो ।

त्यस्तै, मुस्ताङमा सञ्चालनमा रहेको अमित बिल्डर्सका प्रमुख प्रेम तुलाचनले कठिन भौगोलिक अवस्थाका बीच सीमित आर्थिक साधनस्रोतसँगै विकास निर्माणका काम निरन्तर अघि बढाइरहेको जानकारी दिनुभयो । “दुर्गम ठाउँमा भए पनि गुणस्तरीय काम गरेर हामीले विश्वास जितेका छौँ,” उहाँले भन्नुभयो । अरूले गर्न नसक्ने चुनौतीपूर्ण काम सम्हाल्दै आफ्नै कम्पनीले कोरला नाका सम्म सडक पु¥याएको उल्लेख गर्दै तुलाचनले त्यसलाई कम्पनीको प्रमुख उपलब्धि बताउनुभयो ।

 

  • २०८२ मंसिर ५, शुक्रबार