बागलुङ । नेकपा एमालेको एघारौ महाधिवेशनका लागि बागलुङ क्षेत्र नं। २ बाट प्रतिनिधित्व गर्ने ४ जना महाधिवेशन प्रतिनिधिका लागि १३ जनाले आवेदन दिएका छन् । निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं। २ बागलुङले बुधवार ग्वालीचौरमा आयोजना गरेको बैठकमा १३ जनाले दावी प्रस्तुत गरेका हुन् ।
क्षेत्र नं। २ बाट खुल्लातर्फ २ जना प्रतिनिधिका लागि ७ जनाले दावी प्रस्तुत गरेका छन् । यस्तै महिलातर्फ १ जनाका लागि २ जना र युवातर्फ एक जनाका लागि ४ जनाले दावी प्रस्तुत गरेको निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं। २ का संयोजक करमती पुनले जानकारी दिनुभयो ।
खुल्लातर्फ जिल्ला डम्बर श्रीस, टंक प्रसाद शर्मा पौडेल, मेहरसिंह पाइजा, भीम प्रसाद शेरचन ९सुनिल०, खीम बहादुर घर्ति मगर, ऋषिराम रोका र लक्ष्मण पुनले दावी गर्नु भएको छ ।
यस्तै १ जना महिला प्रतिनिधिका लागि यमुना काउचा र कमरती पुनले दावी प्रस्तुत गर्नु भएको छ ।
एक क्षेत्रबाट ४० वर्ष मुनीका एक जना युवा प्रतिनिधि हुने व्यवस्था रहेको छ । एक जना युवा प्रतिनिधिका लागि शिवराज कंडेल, दान बहादुर श्रीस, रेशम घर्ति मगर र दिनेश थापाको दावी परेको छ ।
तीन वटै कलष्टरमा दावी प्रस्तुत गरेकाहरुबीच छलफल गरी सर्वसम्मत गराउने प्रयास भइरहेको संयोजक पुनले जानकारी दिनुभयो । एमालेले संघीय निर्वाचन क्षेत्रबाट १२ सय जना प्रतिनिधि बराबर एक युवा, एक महिला र २ खुल्ला गरी ४ जना र बढी सदस्य भएको ठाउँमा थप प्रतिनिधि हुने व्यवस्था गरेको छ ।
क्षेत्र नं। १ मा एमालेका ३ हजार १८१ जना सदस्य रहेका छन् । ति सदस्यबाट एक युवा, २ महिला र ३ खुल्ला गरी ६ जना प्रतिनिधि चयन हुनेछन् । यस्तै क्षेत्र नं। २ मा १ हजार ५२९ जना संगठित सदस्य रहेका छन् । ति सदस्यबाट एक युवा, एक महिला र २ खुल्ला गरी ४ जना प्रतिनिधि चयन हुनेछन् ।
एमालेको एघारौ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ सम्म हुदैछ । २७ गते उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीमा र बन्दसत्र काठमाडौमा हुने एमालेले जनाएको छ ।
एमालेको आगामी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएपछि जिल्लाबाट प्रतिनिधि छनोटमा समेत दुवै समुहको रस्साकस्सी हुने संभावना रहेको छ ।