• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

एमाले महाधिवेशन विशेष : म्याग्दीबाट युवा नेता प्रकाश पौडेल सर्वसम्मत प्रतिनिधि

  • २०८२ मंसिर १२, शुक्रबार

म्याग्दी । नेकपा एमालेको एघारौ राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट अनेरास्ववियूका नेता प्रकाश पौडेल सर्वसम्मत प्रतिनिधिचयन हुनु भएको छ ।

अनेरास्ववियूको अध्यक्षमा ७ मतले पराजित भएका पौडेललाई पार्टी राजनीतिमा सक्रिय हुने शुभकामना सहित म्याग्दीका युवाहरुलाईसर्वसम्मत प्रतिनिधि चयन गरेका हुन ।

१२ सय संगठित सदस्य बराबर १ जना ४० वर्ष मुनीका युवा प्रतिनिधि हुने एमालेको निर्देशन अनुसार पौडेल युवातर्फबाट सर्वसम्मतप्रतिनिधि चयन हुनु भएको हो ।

विद्यार्थी संगठनको अध्यक्ष भएर विद्यार्थी राजनीतिमा सक्रिय हुन चाहेका पौडेललाई एमालेको संस्थापन पक्षको प्रत्यक्ष निर्देशनमाहराएको आरोप पौडेलले लगाउदै आउनु भएको छ ।

गत जेठमा सम्पन्न अनेरास्ववियूको केन्द्रीय महाधिवेशनमा डा.सुजन कडरियासंग ७ मतले पराजित पौडेललाई अब एमालेको केन्द्रीयसदस्यमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ ।

विद्यार्थी राजनीतिमै सक्रिय हुने चाहना थियो, संस्थापनले जवरजस्ती धकेलेर पार्टी राजनीतितर्फ अग्रसर बनाइदियो, पौडेललेभन्नुभयो,–‘महाधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सबैसंग परामर्श गर्छु ।’  विद्यार्थीका बीचमा लोकप्रिय पौडेल अध्यक्षमापराजित भएपछि जिल्ला फर्केर पार्टीका गतिविधिमा सक्रिय हुदै आउनु भएको छ ।

  • २०८२ मंसिर १२, शुक्रबार