• २०८३ आश्विन २७, मंगलवार
  • 2026 October 13, Tuesday

व्यवसायमा युवा : कफी, फुड र म्युजिक अब न्यू बेम्बो किचनमा

  • २०८२ मंसिर १८, बिहीबार

बागलुङ । बागलुङ तित्याङका दुई युवा रेष्टुराँ व्यवसायमा अग्रसर भएका छन् । नेपालमै केही गर्न सकिन्छ भन्दै युवालाई देशमा रोजगारी दिने उद्देश्यले बागलुङका दुई युवा मिलेर बागलुङ बजारमा रेष्टुराँ सञ्चालनमा ल्याइएको छ ।

कफी, फुड र म्युजिकको संयोजन एकै ठाउँमा दिने उद्देश्यले बानपा–२ स्थित कृषि विकास बैंक नजिकै न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा ल्याइएको छ । बागलुङ नगरपालिका–९ तित्याङका युवाद्वय शेखर खड्का र सुगम खड्काले रु. ४२ लाख लगानीमा न्यू बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा ल्याउनुभएको छ । रेष्टुराँमा नयाँ खाजाको स्वाद संगै कफीको चुस्की लिन पाइने छ ।

नेपालको विषम परिस्थितिमा समेत १० जनालाई रोजगारी दिदै सञ्चालनमा आएको न्यू बेम्बो क्याफे एण्ड किचनले युवाहरुलाई व्यवसायमा आकर्षितक गर्न सघाउने छ । गुणस्तरीय र आरामदायी रेष्टुराँको अभाव टार्न न्यू बेम्बो क्याफे एण्ड किचनमा लगानी गरेको व्यवसायी शेखर खड्का बताउनुहुन्छ ।

नेपालमै संभावना देख्ने युवाहरुमा आशाको सञ्चार गर्दै रोजगारी सृजना गर्न रेष्टुराँ व्यवसायमा लगानी गरेको खड्काको भनाई छ ।

रेष्टुराँमा चार वटा क्याबिन, ८ वटा टेवल सहित सुविधायुक्त बैठक कक्ष समेत रहेको छ । आरामदायी तरिकाले रेष्टुराँमा बसेर खाजा खानेहरुका लागि रेष्टुराँ बिकल्प बन्नेछ ।

  • २०८२ मंसिर १८, बिहीबार