• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङको बैठक भ्यूटावरमा

  • २०८२ मंसिर २१, आईतवार

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ जिल्ला समितिको बैठक भ्यूटावरमा सम्पन्न भएको छ । पछिल्लो समय पुराना राजनीतिक दलहरुप्रति नागरिकमा बढिरहेको निराशा र असन्तुष्टि बीच युवामुखी, पारदर्शिता र सुशासनमुखी एजेण्डा सहित मैदानमा उत्रिएको रास्वपाले बागलुङमा बैठक सम्पन्न गरेको हो ।

बैठकले पार्टीको जिल्ला समितिमा २ सदस्य थप विस्तार गर्नुका साथै मंसिर २७ गते पार्टीको विस्तारित बैठक आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी फागुन २१ गते सम्पन्न हुन गईरहेको प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गरि कार्यक्रम र अभियान सञ्चालन गर्ने, निर्वाचनमा समानुपातिक तर्फ आकाङ्क्षी उम्मेदवारलाई सूची तयार गरि पार्टीको विधान बमोजिम पेश गर्न आव्हान गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विभिन्न कार्यक्रम तथा भेटघाट मार्फत स्थानीय जनतासँग सिधा संवाद गरिरहेको बताईएको छ ।

नागरिक सँग प्रत्यक्ष रुपमा जोडिने विकास निर्माण अन्तर्गत सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन लगायतका विषयमा अन्तरकृया गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा जिल्ला सभापति महेन्द्र खड्काले जानकारी दिनुभयो । अहिले शहर देखि गाउँसम्म पार्टीले संगठन विस्तार, आफना एजेण्डा जनतामा प्रस्तुत गर्दै नागरिकका सुझाव, सल्लाह, गुनासा संकलन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी गलकोट नगर सभापति राजेन्द्र पुनले बताउनु भयो । अहिले पार्टी प्रति जनताको आकर्षण र अपेक्षा दुवै बढ्दो क्रममा रहेको र जनताको पार्टीको रुपमा स्थापित गर्न पार्टीले गृहकार्य गरिरहेको पुनको भनाई छ ।

  • २०८२ मंसिर २१, आईतवार